मुगुको छायाँनाथ रारा नगरपालिका ४ मन्दु गाउँमा एकै घरका चार जनाको शव फेला परेको छ । उनीहरुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा स्थानीयले आज आफ्नै घरभित्र शव फेला पारेका छन् ।
हत्या हुनेमा २६ वर्षीया श्री देवी बोहरा उनका दुई छोरा ११ वर्षीय मनोज बोहरा, १ वर्षीय रहर बोहरा र ७ वर्षीया छोरी अप्सरा बोहरा रहेकी छन् ।
स्थानीयका अनुसार दशैँ मानाउन माइती गएकी श्रीदेवी बोहरा र उनका तीन सन्तान ८ गते नै घर फर्किएका थिए । तर, उनको घरमा ताल्चा लगाएको थियो । उनीहरु घर फर्किएपनि बाहिरबाट घरमा ताल्चा लगाएको पाइएपछि आज बिहान स्थानीय खोजी गर्दा चार जनाकै शव घरभित्रै पाइएको हो । उनीहरुको हत्या कार्तिक ८ गते राती नै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
उक्त घटना कसरी भयो र कसले गर्यो भन्ने विषयमा जिल्ला प्रहरी कार्यलय मुगुले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख विरेन्द्र थापाले धारिलो हतियार प्रहार गरी उनीहरुको हत्या गरेको अवस्थामा शव पाइएको जानकारी गराए ।
मृतक श्रीदेवी बोहराका श्रीमान् दिपक बोहरा भने हाल वैदेशिक रोजगारीको शिलशिलामा कतारमा छन् ।





























प्रतिक्रिया