बेसारमय बन्यो फेसबुक, प्रधानमन्त्रीका प्रेस सल्लाहकारको पनि समर्थन

बेसारमय बन्यो फेसबुक, प्रधानमन्त्रीका प्रेस सल्लाहकारको पनि समर्थन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो एक सातादेखि पूरै देश बेसारमय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै कसैलाई कोरोना लागेमा बेसार पानी खाएर हाच्छुयू साच्छ्यू गरेर उडाउनुपर्ने अभिव्यक्ति दिएसँगै पूरै देश बेसारमय बनेको हो ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेपाली मिडिया, सामाजिक सञ्जाल, सडकमा गरिएको विरोध प्रदर्शनदेखि सदनसम्मको माहोल तालेको छ । प्रधानमन्त्रीले बोलेको भोलिपल्ट केही मानिसहरु शरिरभरी बेसार दलेर आन्दोलनमा समेत गरेका थिए । भने कतिपयले पहेँलो कपडा लगाएर बेसार पानी खानु नपर्ने समेत भनेर प्रधानमन्त्रीको अभिव्यक्तिको मजाक उडाएका थिए ।

अहिले फेरि बेसारमय फोटो बनाएर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बेसारमय फोटा भाइरल बनाइ रहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले समेत आफ्नो फेसबुक पेजमा बेसारै बेसार भएको फोटो पोष्ट गरेका छन । त्यस्तै अ‌ाजै  साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पनि बेसारमय फोटो सार्वजनिक गरेका थिए ।

 

Logo