पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू-भागमा मैसम आंशिक बदली रही एक दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा रउच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ। 

सोमाबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। साथै देशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ।

Skip This
Skip This
Logo