काठमाडौं महानगरले पठायो भूकम्प पीडितलाई राहत

काठमाडौं महानगरले पठायो भूकम्प पीडितलाई राहत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको सहयोगका लागि राहत सामग्री पठाएको छ । 

आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पीडितका लागि विभिन्न राहत सामग्री पठाइएको हो । भूकम्प प्रभावित क्षेत्रमा इन्जिनियरिङ तथा प्राविधिकलगायत थप सहयोग चाहिएमा सम्पर्क गर्न पनि महानगरपालिकाले सम्बन्धित निकायलाई अनुरोध गरेको छ । 

गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ठूलो धनजनको क्षति भएको छ ।

डेढ सय जनाभन्दा बढीको ज्यान गएको छ भने सयौं संरचनाहरु ध्वस्त भएका छन् । भूकम्पबाट प्रभावित बनेकाहरुका लागि विभिन्न संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ ।

Logo