उर्लाबारी आगलागीः थप १० घाइतेलाई सेनाको विमानमा काठमाडौँ ल्याइयाे

उर्लाबारी आगलागीः थप १० घाइतेलाई सेनाको विमानमा काठमाडौँ ल्याइयाे

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाले थप १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ । 

यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो । 

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको थियो ।

Skip This
Skip This
Logo