आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० मंसिर २ गते शनिबार। १८ नोभेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज पुनर्मिलनको योग रहेको छ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज स्वास्थ्य भरपर्दो रहनेछैन। मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला। अरुले आलोचना पनि गर्न सक्छन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज शुभकार्यको चर्चा चल्नेछ। नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ प्रेमीको सहयोग पाइनेछ। विश्वास गरेकाले साथ र सहयोग गर्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। प्रेम जीवन पनि सुखमय हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। अधुरो काम पूरा हुनेछ। पुनर्मिलनको योग रहेको छ। बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सरकारी निकायको भय रहला। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ, तर साथीको साथ पनि पाइनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज जोशजाँगर र हिम्मत बढ्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। सन्तान सुख मिल्नेछ। इच्छा र आकाङ्क्षा पनि पूर्ण हुनसक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समाजसेवामा मन लाग्नेछ। आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र रमाइलो यात्रा पनि हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला। सामाजिक र धार्मिक यात्राको योग पनि छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। स्वास्थ्यमा समस्या आउला। प्रेममा बाधाका साथै मन कमजोर रहला। वैदेशिक क्षेत्र कमजोर रहला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कार्यमा सफलता पाइनेछ। कुनै कुराले मनमा शान्ति छाउला। कूटनीतिक नियोगको सहयोग मिल्ला, तर साँझमा धन खर्च हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्नेछ। परोपकारमा रुचि बढ्नेछ। बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ। शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ।

Logo