आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० मंसिर ६ गते बुधबार। २२ नोभेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभ यात्राको योग छ। नयाँ कमको थालनी हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। अचल सम्पत्ति पनि हातपर्ला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला। कामहरू बिग्रने तथा आफन्तसँग मनमुटाब हुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आँटेको र ताकेको कार्य पुरा होला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधुरो काम पूरा हुनेछ। व्यवसायका लागि यात्राको सम्भावना पनि छ। महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
गरेको काममा सफलता हात पर्ने सम्भावना छ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना पनि छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज घरपरिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ। राजनैतिक कार्यमा बाधा पनि आउन सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्तको सहानुभूति मिल्नेछ। मित्रबाट विशेष सहयोग मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। दिनको उत्तरार्ध बढी सुखद् रहनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज नयाँ सवारी साधन प्राप्तिको योग छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। मनमा शान्ति छाउने र शुभकार्यको चर्चा पनि चल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
बुद्धिको प्रयोगले समुचित अनुमानका कारण सामाजिक सम्मान प्राप्त हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। आफन्तसँग भेटघाट पनि रहला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज समय मध्यम रहेकोले परिबन्धनमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेको छ। स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभ कार्यको लागि यात्रा हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला।

Skip This
Skip This
Logo