आजको प्रदर्शन मानवअधिकार आयोगले अनुगमन गर्ने

आजको प्रदर्शन मानवअधिकार आयोगले अनुगमन गर्ने

केन्द्रबिन्दु
0
Shares

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले आज  गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ। 

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताएका हुन्। उनका अनुसार प्रदर्शनस्थल तिनकुने र बल्खुमा आयोग प्रतिनिधि केन्द्रित हुनेछन्।

व्यवसायी प्रसाईं र युवा संघले गर्ने भनिएको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगले तयारी गरेको हो। अध्यक्ष मगरले कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने बताए। 

Logo