भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति नदिईएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।
भारतको उत्तराखण्डका विपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउनसहमति भएको भनेर नेपाल र भारतका केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका भनेर कोषले त्यस्ता समाचारहरुमा कुनै सत्यता नभएको भन्दै खण्डन गरेको छ । ‘समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित समाचारमा कुनैपनि सत्यता नरहेको र त्यसकिसिमका सबै समाचार भ्रामक हुन्, कोषले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कोषले भनेको छ– नेपालको पशुपतिनाथ मन्दिरप्रति नव भारत टाइम्स डट कम, इन्डिया टाइम्स डट(अक्टोबर २८) मा ‘पहले सीडीएस जनरल बिपिन रावत के सैन गावमा बनेगा पशुपतिनाथ मन्दिर,अब उत्तराखण्ड में होगे पाच धाम’ भन्ने शीर्षक राखी प्रकाशित समाचार र गोरखा एक्सप्रेस साप्ताहिककोवर्ष ४२ अङ्क १५ २०८० मङ्सिर ५ मङ्गलबार (२१ नोभेम्बर) मा प्रकाशित ‘भारतमा पशुपतिनाथबनाउन स्वीकृति दिइयो भन्ने मूल शीर्षक राखी बीचमा पशुपतिनाथ मन्दिरमा विपिन रावतको फोटो रक्याप्सनमा पूर्व सीडीएस जनरल विपिन रावत गाँउ भारतका प्रथम पशुपतिनाथ मन्दिर बनेगा’विषयको समाचारप्रतिपशुपति क्षेत्र विकास कोषको गम्भीर ध्यानाकर्षण भएको छ ।
कोषले थपेको छ,‘ती पत्रिकाहरूमा उल्लेख भएबमोजिम भारतको उत्तराखण्ड बिपिन रावतका गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमतिदिने सम्बन्धमा पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्को कुनै स्वीकृति, सहमति, निर्णय नभएको त्यस्ता सामग्रीहरू कोषको तर्फबाट उपलब्ध नगराइएको र पत्राचार गर्ने गराउने निर्णय समत नभएको व्यहोरासबैमा जानकारी गराउँदैउक्त समाचारहरूका कारण तमाम हिन्दु धर्म दर्शन एवं पाशुपत दर्शनप्रतिआस्थावान् धार्मिक जनप्रति पारिएको आघातप्रति, आघातकर्ताप्रति खेद प्रकट गर्दै यस प्रकारको राष्ट्रियअस्मितामा आघात पर्ने विषय कोषले कहिल्यै नगर्ने जानकारी गराउँदछौं ।’्































प्रतिक्रिया