बालकृष्ण खाणलाई रिहा गर्नेबारे न्यायाधीशहरूकै राय बाझियो

बालकृष्ण खाणलाई रिहा गर्नेबारे न्यायाधीशहरूकै राय बाझियो

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेबारे उच्च अदालत पाटनका न्यायाधीशको राय बाझिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा राय बाझिएपछि हाललाई उनी थुनामै रहने भएका हुन् । काठमाडाैं जिल्ला अदालतको आदेशलाई सदर गर्ने पक्षमा न्यायाधीश प्रकाश खरेलले राय दिएका थिए भने अर्का न्यायाधीश जनकराज पाण्डेले धरौटीमा छाड्नु पर्ने राय दिएका थिए । 

अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने बताइएको छ ।

Skip This
Skip This
Logo