आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल

केन्द्रबिन्दु
0
Shares

आज २०८० मंसिर २० गते बुधबार। ६ डिसेम्बर २०२३।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। शेयर बजारको साथ मिल्नेछ। पारिवारिक जमघटको वातावरण बन्ला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मालसामान हराउन सक्छ। ससाना समस्यामा अल्झनुपर्नेछ। क्रोध, प्रतिशोध र रिसराग माथि नियन्त्रण गर्नु राम्रो हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धैर्य एवं लगनशीलताले बढी अवसर दिलाउनेछ। उत्साहजनक सफल यात्राको योग पनि छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सहकर्मीबाट विरोध आउन सक्छ। लगनशीलताको कमीले ठूलो उपलब्धि हात पार्न नसकिएला। साँझमा खर्चसमेत बढ्ने योग छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
ठीक समयमा सही निर्णय लिन सकिनेछ। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। लाभदायक र फाइदा मूलक योजना बन्नेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ। वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ। भाग्यले विभिन्न अवसर पनि जुराउनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मन पनि प्रसन्न रहनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। साझेदारीको काममा उल्झन आउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हातपर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापार भने सामान्य नै हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। आर्थिक कारोबार भने कमजोर रहला।

Skip This
Skip This
Logo