२९ तोला सुनसहित दुई जना पक्राउ

२९ तोला सुनसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

बर्दियामा २९.७६ तोला सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेका छ। प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेपनि आइतबार मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हाे। 

पक्राउ पर्नेमा बाँके  नेपागञ्ज उपमहानगरपालिका वडा नं १९ बस्ने २९ बर्षिय मोहन वि.क र बाँके राप्ति सोनारी गाउँपालिका वडा नं २ का सवारी धनी ३८ बर्षिय देबिन्द्र बहादुर घर्ती रहेका छन्। 

प्र-३-०१-०२३ ८१६८ नं हुण्डाई कारमा सुनका गरगहना सहित सवार रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बारबर्दिया नगरपालिका ९ कतर्नियामा चेक प्वाइन्टमा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा सुन जस्तो देखिने धातु ३४७.०७१० ग्राम फेला परेको प्रहरीले जनाएको छ।

स्रोत नखुलेको सुन सहित सवारी भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय बगनाह मोतिपुर र कतरनियाको प्रहरी टोली चेकप्वाइन्टमा खटिएको थियो। हाल प्रहरीले सुनका गरगहना लिएर हिँड्ने वि.क र  सवारी धनी घर्ती सहित गाडीलाई थप अनुसन्धानका लागि राजापुर भन्सार कार्यालयमा बुझाएको छ। 

‘स्रोत नखुलेको गरगहना भएको हुनाले आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएका छौँ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुधिरराज शाहीले भने,‘भन्सार कार्यालयसँग आवश्यक सहकार्य भईरहेको छ।’ 

Logo