अर्घाखाँचीमा १ सय ५८ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

अर्घाखाँचीमा १ सय ५८ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची ।

अर्घाखाँचीमा बुधबार एकै दिन १ सय जनामा कोरोना पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५८ पुगेको छ ।

बुधबार थपिएका संक्रमित भूमिकास्थान नगरपालिकाका ५२ जना, सितगंगा नगरपालिकाका २२ जना, मालारानी गाउँपालिकाका १४ जना रहेका छन् ।

छत्रदेव गाउँपालिकाका ७ जना र ठेगाना नखुलेका ५ गरि एक सय जना थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अर्घाखाँचीमा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

Logo