न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानविरुद्ध परेको उजुरी माथिको सुनुवाइ आज

न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानविरुद्ध परेको उजुरी माथिको सुनुवाइ आज

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित न्यायाधीश विरुद्ध परेको उजुरीमाथि छलफल गर्न आज बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । 

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्नेबैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुसारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमान विरुद्ध परेको उजुरीमाथि सुनुवाइ हुने संसद सचिवालयले जनाएको छ । 

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध  समितिमा हालसम्म दशवटा उजुरी दर्ता भएको सचिवालयले जानकारी दिएको छ । जसमा न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजीज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको छ ।  

Skip This
Skip This
Logo