आज २०८० पुष ११ गते बुधबार। २७ डिसेम्बर २०२३।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आकस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग मिल्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। पारिवारिक सद्भाव पनि बढ्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शुभ समाचार सुन्न पाइएला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। कला र गलाको प्रभाव बढ्नेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। सवारी साधनको खरिद बिक्री हुने योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ, तर हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूलाई प्रभावित पारेर काम बन्नेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। मनोरञ्जन पनि होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज गरेको कार्यमा अवरोध आउला। कतैकतै झैझमेलाको अवस्था आउला, तर अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नसोचेको ठाउँबाट धन हात पर्नसक्छ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ, तर मालसामान हराउन सक्छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
न्यायिक कार्यमा सफलता मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ कार्यको योजना बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्त तथा अग्रजहरू सँग विवाद बढ्नसक्छ। स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचार खर्च बढ्नसक्छ, तर प्रेमीको साथ पाइनेछ।





























प्रतिक्रिया