झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेका  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार  हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको  घटनास्थलमा नै मृत्यु भएका थियो। 

हात्तीको तोडफोडबाट रु एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ। 

Logo