बालकुमारी घटनाको विरोधमा उत्रिएका युवाहरु पक्राउ

बालकुमारी घटनाको विरोधमा उत्रिएका युवाहरु पक्राउ

केन्द्रबिन्दु
0
Shares

ललितपुरको बालकुमारीमा शुक्रबार दुई युवाको ज्यान जाने गरी भएको घटनाको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका ७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । 

ललितपुरको बालकुमारीमा शुक्रबार भएको उक्त घटनामा दुई जनाको ज्यान गएको थियो भने भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार सवारी साधनमा आगजनी भएको थियो । कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो । 

Skip This
Skip This
Logo