बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवाको शव गृहजिल्ला ल्याइयो

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवाको शव गृहजिल्ला ल्याइयो

केन्द्रबिन्दु
0
Shares

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा ज्यान गुमाएका दुई युवाको शव गृहजिल्ला ल्याइएको छ । 

परिवार र सरकारबीच चारबुँदे सहमति भएसँगै आन्दोलनको क्रममा ज्यान गुमाएका दैलेखका सुजन रावत र अछामका विरेन्द्र शाहको शव नेपाली सेनाको हेलिकप्टरमार्फत गृहजिल्ला ल्याइएको हो । 

मङ्गलवार काठमाडौँबाट स्काई ट्रकमार्फत शाह र रावतको शव सुर्खेत ल्याइएको थियो। सुर्खेतबाट पहिले रावतको शव दैलेखमा आफन्तलाई जिम्मा लगाएर सेनाको हेलिकप्टर पुनः सुर्खेत फर्केको थियो। सुर्खेतबाट फेरि विरेन्द्रको शव अछाम पठाइएको छ।

बालकुमारीस्थित रोजगार अनुमति प्रणाली(इपिएस) कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछाम चौरपाटी गाउँपालिका–१ का शाह र दैलेख महाबु गाउँपालिका–६ का राउतको मृत्यु भएको थियो । साथै सरकारले उक्त घटनाको निष्पक्ष र वस्तुगत छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण विसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको छ ।

Skip This
Skip This
Logo