पढाइमा अब्बल रहेका छात्राहरुलाई स्थानीय निकायले साइकल दिएर सहयोग गरेको छ। विराटनगर महानगरपालिका वडा नम्बर १४ वडाले २०७९ सालमा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका छात्राहरुलाई साइकल वितरण गरेको हो।
उच्च शिक्षा अध्ययनका लागि सहज होस भनेर साइकल दिएर सहयोग गरिएको वडाध्यक्ष सूर्यनारायण महतोले बताए। कार्यक्रममा ३० जना छात्रालाई साइकल प्रदान गरिएको थियो।
एसईइपछिको उच्च शिक्षाका लागि वडा कार्यालयले सहजताको लागि साइकल दिएकोमा छात्राहरु खुसी भएका थिए। एसईई उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न सम्बन्धित शैक्षिक संस्थामा आउजाउ गर्न सजिलो हुने भएको छात्राहरुले बताए।
टाढाका शैक्षिक संस्था जान यातायातको सहजता नहुँदा आउजाउ गर्न उनीहरुलाई कठिनाइ हुने गरेको थियो। वडा कार्यालयले छात्राहरुको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले साइकल दिएको जनाएको छ। आगामी दिनमा पनि उनीहरुको पढाइमा भरथेग गर्ने खालका कार्यक्रम ल्याइने वडाध्यक्ष महतोले बताए।





























प्रतिक्रिया