‘तपस्वी’ रामबहादुर बम्जन बूढानीलकण्ठबाट पक्राउ

‘तपस्वी’ रामबहादुर बम्जन बूढानीलकण्ठबाट पक्राउ

केन्द्रबिन्दु
0
Shares

‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बम्जनलाई बुढानिलकण्ठबाट पक्राउ गरेको हाे । केही समयअघि देखि निगरानीमा रहेका उनलाई आज पक्राउ गरेर ल्याइएको सिआइबी प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् । कुनै बेला ‘लिटिल बुद्ध’ भनी प्रचारित बम्जन पाँच वर्षदेखि गुमनाम थिए । बम्जनको सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।

बम्जनमाथि २० साउन २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता गरेको आरोप छ । त्यही आरोपको तीन वर्षपछि सर्लाही प्रहरीमा पीडितका परिवारले किटानी जाहेरी दिएका थिए । जाहेरीपछि पनि पक्राउ नपरेका बम्जनलाई जिल्ला अदालत सर्लाहीले हाजिर हुन भन्दै त्यहीबेला ३५ दिने म्यादसमेत दिएको थियो । तर, म्याद नाघ्दा पनि बम्जन अदालतमा हाजिर भएनन् । सर्लाही अदालतले २०७६ माघमा पहिलोपटक उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

Skip This
Skip This
Logo