पक्राउ परेका तपस्वी रामबहादुर बम्जन सार्वजनिक

पक्राउ परेका तपस्वी रामबहादुर बम्जन सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

तपस्वी रामबहादुर बम्जनलाई प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सार्वजनिक गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनबाट सीआईबीले बम्जनलाई सार्वजनिक गरेको हो ।

प्रहरीले मंगलबार साँझ बुढानीलकण्ठको हात्तिगौँडास्थित लिटिल बुद्ध उपनामले परिचित बमजनलाई उनकै घरबाट पक्राउ गरेको थियो। १५ दिनअघि काठमाडौँ आएका बम्जन पाँच दिनअघि परिवार भेट्न भनेर हात्तीगौँडा गएका थिए। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए। तर, भाग्न सफल भएनन् । भाग्ने क्रममा ब्यूरोको टोलीले उनलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उनीविरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ४ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन्। बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता भएका हुन् । बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्। बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्। आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ। 

यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेका लगायतका विभिन्न आरोपमा बमजनलाई ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराई केही वर्षयता खोजी गरिँदै आएको थियो। तर, बम्जन प्रहरीलाई छक्क्याएर लुक्न सफल हुँदै आएका थिए ।

Skip This
Skip This
Logo