खैरो हेरोइनसहित दुई जना पक्राउ

खैरो हेरोइनसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कैलालीकाे भजनी नगरपालिका-९ पहलमान झुलंगे पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

ईलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले से.४ प ३४४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१ सुखड बस्ने २६ वर्षीय प्रसान्त चौधरी र भजनी नगरपलिका-४ बस्ने २७ वर्षीय अभिसेख चौधरी रहेका छन्।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Skip This
Skip This
Logo