मदरसालाई दिँदै आएको अनुदान वृद्धि गर्न राष्ट्रिय मदरसा संघको माग

मदरसालाई दिँदै आएको अनुदान वृद्धि गर्न राष्ट्रिय मदरसा संघको माग

केन्द्रबिन्दु
0
Shares

कृष्णनगर । राष्ट्रिय मदरसा संघले सरकारले मदरसालाई दिँदै आएको अनुदान बढाउन माग गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संघले सरकारसँग सो माग गरेको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण चन्दा संकलन गर्न कठिन भएकाले अनुदान रकम बढाउनुपर्ने संघको भनाइ छ ।
‘नेपाल सरकारबाट एक जना शिक्षकालाई पनि पारिश्रमिक दिन नपुग्ने ज्यादै न्यून अनुदान रकम उपलब्ध गराउँदै आएकाले चन्दा (जकात) बाट मदरासा चलाउन बाध्य भएका छौँ’–संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘नेपालमा संचालित मदरसाहरु सांस्कृतिक धरोहरहरु हुन् । कुनै पनि मदारासाहरु आर्थिक अभावले बन्द हुने अवस्था नआओस । तसर्थ, अब आउने आर्थिक वर्ष २०७७ ०७८ को बजेटमा मदरसाहरुलाई दिइने अनुदानमा वृद्धि गरी कम्तिमा पनि दुई जना शिक्षकलाई पारिश्रमिक दिन पुग्ने गरी प्रत्येक मदरसालाई सात लाख ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउन राष्ट्रिय मदरसा संघ सरकारसँग माग गर्दछ ।’

संघद्वारा जारी पूरा विज्ञप्तिः

Skip This
Skip This
Logo