आगामी वर्ष साक्षर नेपाल बनाउने सरकारको घोषणा

आगामी वर्ष साक्षर नेपाल बनाउने सरकारको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले आगामी वर्ष साक्षर नेपाल घोषणा गर्ने जनाएको छ । शुक्रबार सरकारको आव्हानमा राष्ट्रपतिले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी वर्ष साक्षर देश घोषणा गरिने उल्लेख गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गरिरहेकी छिन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको आव्हानमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।

त्यस्तै सरकारले विद्यालय बाहिर रहेका २ लाख ७० हजार बालबालिकालाई विद्यालयको पहुचमा पुर्याउने उल्लेख गरेको छ ।

Logo