काठमाडौं । शुक्रबारको तथ्यांक अनुसार देशभर कोरोना भाइरसको ८६ हजार ९ सय ९९ परीक्षण गरिएको छ । शुत्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सो संख्या आरडीटी र पीसीआर दुबै मार्फत गरिएको परीक्षणको रहेको छ ।
त्यस्तै प्रवक्ता डा. देवकोटाका अनुसार देशभर २३ हजार ९ सय १४ पीसीआर परीक्षण गरिएको छ । भने ६३ हजार ८५ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ नमुना परीक्षण गरिएको छ ।
देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १५ हजार ६ सय ८३ रहेको छ भने आइसोलेसनमा रहनेको संख्या २ सय ६७ रहेको छ । जसमध्ये उपत्यकामा २७ जना र उपत्यका बाहिर २ सय ४० जना रहेका छन् ।
त्यस्तैगरी शुक्रबारसम्म देशभर संक्रमितको संख्या २ सय ५८ पुगेको छ । कूल संक्रमितमध्ये २ सय १० जना पुरुष र ४८ जना महिला रहेका छन् । शुत्रबार मात्रै थप नौ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ३६ पुगेको छ । घर फर्किएका कूल ३६ जनामध्ये ३ जनालाई पुन संक्रमण देखिएपछि अस्पतालमा भर्ना गरिएको छ ।
नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।





























प्रतिक्रिया