काठमाडौं । ललितपुरको आरोग्य प्रतिष्ठान सिल गरिएको छ । प्रतिष्ठानमा कार्यरत एक महिला कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि प्रतिष्ठानसहित निदान अस्पताललाई सिल गरिएको हो । ती कर्मचारीलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पोजिटिभ देखिएकी महिला तराइबाट काठमाडौं आएकी थिइन । सेवामा फर्किनु पूर्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो । उनलाई प्रतिष्ठानकै ड्राइभर र अर्का एक कर्मचारीले थ्रोट स्वाब संकलनका लागि एम्बुलेन्समा राखेर लगेका थिए ।
परीक्षण गराएर फर्किएपछि ड्राइभर र अर्का कर्मचारीे नियमित काममा खटिएको कारण उक्त क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै सिल गरिएको जनाइएको छ ।





























प्रतिक्रिया