काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचारहरुमध्ये नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठक केही दिनमा बस्ने बताएका छन् । बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । आन्तरिक गृह कार्य नपुगेकाले बिहिबारका लागि बोलाइएको बैठक स्थगित गरिएको उनको भनाइ छ ।
त्यस्तै शुक्रबारदेखि विभिन्न ४४ प्रकारका उद्योगहरु खोल्न अनुमति दिइएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार ती उधोगलाई खोल्न अनुमति दिइएको हो । सरकारी निर्णयलाई व्यावसायीहरुले पनि स्वागत गरेका छन् ।
सांसदहरुले कोरोना भाइरसका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा (एसईई) खारेज गर्नुपर्ने माग गरेका छन् । नयाँ शिक्षा नीति लागू भएपछि पनि एसईईलाई पहिलेको एसएलसी जस्तै महत्व दिएर हेर्न नहुने भन्दै सांसदहरुले तत्काल खारेज गर्न माग गरेका हुन् ।
त्यस्तैगरी अहिलेसम्म देशभर कोरोना भाइरसको ६८ हजार ६ सय २ परीक्षण गरिएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार कूल परीक्षण गरिएको संख्या करिब ६९ हजार पुगेको हो । उनका अनुसार सो संख्या आरडीटी र पीसीआर विधिबाट परीक्षण गरिएको रहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस महामारीको सावधानी पूर्वक व्यवस्थापन नगरे जोखिम दोहोरिन सक्ने चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज गेब्रेयेसोसले पत्रकार सम्मेलनमार्फत सो चेतावनी दिएका हुन् । महामारीबाट मुक्त हुने क्रममा रहेका देशहरुले संक्रमणकालको व्यवस्थापन अति सावधानी पूर्वक गर्नुपर्ने उनको भनाइ छ ।
पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला





























प्रतिक्रिया