काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना भाइरसको परीक्षण १८ ठाउँबाट शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार देशभर १८ प्रयोगशालाबाट परीक्षण हुँदै आएको छ । उनका अनुसार जुम्लामा सोमबारदेखि पीसीआर मेसिन सञ्चालनमा ल्याइएको हो ।
प्रवक्ता डा. देवकोटाले दिएको जानकारी अनुसार देशभर १३ हजार ८ सय ५० पीसीआर परीक्षण गरिएको छ । भने ५२ हजार २ सय २७ आरडीटि परीक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ परीक्षण गरिएको छ । देशभर क्वारेन्टाइनमा रहेकाको संख्या २१ हजार ९९ छ भने आइसोलेसनमा हुनेको संख्या १ सय २० रहेको छ । जसमा उपत्यकामा २ र उपत्यका बाहिर १ सय १८ जना रहेका छन् । जसमध्ये ६१ जना पुरुष र २१ जना महिला रहेका छन् ।
त्यस्तैगरी मंगलबारका अनुसार देशभर संक्रमितको संख्या ८२ रहेको छ । जसमा पुरुष ६१ र महिला २१ जना रहेका छन् । नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोरोना संक्रमणबाट पूर्ण रुपमा निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ ।





























प्रतिक्रिया