काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका बेला महंगो मूल्यमा थर्मल गन विक्री गर्ने शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई चार वटा शीर्षकमा मुद्दा चलाइने भएको छ । थर्मलको विक्रीमा कालो बजारी गरेको आरोपमा पक्राउ परेका अग्रवाललाई मुद्दा चलाउन प्रहरीले सिफारिस गरेपछि उनीमाथि चार वटा शीर्षकमा मुद्दा चल्ने भएको हो ।
महानगरीय प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा कालोबजारी तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कालोबजारी, नाफाखोरी, कृतिम अभाव सृजना गरेको तथा दामाखोरी लगायतका ४ वटा शीर्षकमा मुद्दा चलाउन सिफारिस गरिएको छ । अग्रवाललाई लगाइएका यी मुद्दामा साढे ४ वर्ष जेल सजाय हुने व्यवस्था छ । व्यवसायी अग्रवालाई लकडाउनको समयमा ३ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा विक्री गर्दा गर्दै प्रहरीले पक्राउ गरेको थियो ।
कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवालकाे साथबाट थर्मल गन लगायताका स्वास्थ्य सामाग्री पनि प्रहरीले बरामद गरेको थियो । अग्रवाल कीर्गिस्तानका अवैधानिक दूत पनि हुन् ।





























प्रतिक्रिया