काठमाडौं ।
अस्ट्रेलिया र नेपालमा विद्यार्थीहरुको लागि शैक्षिक परामर्श, माईग्रेसन, आयकर र सुपरएनुएसन सम्बन्धी सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले कोरोना भाइरसबाट प्रभावित विद्यार्थीलाई सहयोग गर्ने घोषणा गरेको छ । व्यवसायिक सामाजिक दायित्व पूरा गर्दै ओली एण्ड एसोसिएट्सले कोरोना भाईरसका कारण प्रभावित विद्यार्थीलाई प्रतिव्यक्ति ५० डलर बराबरको आधारभूत ग्रोसरी सहयोग गर्ने घोषणा गरेको हो ।
यो सहयोग पाउन ओली एण्ड एशोसिएट्सबाट अष्ट्रेलिया आएकै विद्यार्थी हुनुपर्ने छैन । एसोसिएट्सका प्रवन्ध निर्देशक भवानी ओलीका अनुसार कम्पनीले कोरोना भाईरसको संक्रमणको अवस्थालाई हेरेर विद्यार्थीहरुलाई आगामी दिनहरुमा पनि थप सहयोगको घोषणा गर्दै जानेछ ।
हाललाई अस्ट्रेलियाका विभिन्न सहरहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरु यस राहत प्याकेजबाट लाभान्वित हुन सक्नेछन् । सहयोग प्याकेजमा सहभागि हुनका विद्यार्थीहरुले https://bit.ly/2zatxSR यो लिंकमा गएर फारम भरी १० मे २०२० भित्रमा पठाउनुपर्नेछ ।
ओली एण्ड एसोसिएट्सले कोरोना भाईरसको संक्रमणको कारण बेरोजगार भएका र दैनिक जीवन यापनमा समेत समस्या भएका विद्यार्थीहरुको लागि गैर आवासीय नेपाली संघ अस्ट्रेलिया र अस्ट्रेलियन एजुकेसन कन्सलटेन्स अलाएन्सको अभियानमा ऐक्यवद्धता जनाइसकेको छ ।
१८ वर्ष अघिदेखि निरन्तर सञ्चालनमा रहेको ओली एण्ड एसोसिएट्सले सबैलाई समान व्यवहार सहयोग गर्ने उल्लेख गरेको छ । सार्थै, यस प्रकारको विषम परिस्थितिमा सहयोग गर्ने उद्देश्यले यो राहत प्याकेज घोषणा गरिएको निर्देशक ओलीले बताए ।
ओली एण्ड एसोसिएट्सले अस्ट्रेलियामा व्यवसायिक सामाजिक दायित्व अन्तर्गत गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका विभिन्न कार्यक्रमहरू, गोर्खा नेप्लिज कम्युनिटीद्धारा संचालित ओली एण्ड एसोसिएट्स कप फुटबल लिग, सेन्ट जर्ज नेप्लिज क्लब, नेप्लिज अस्ट्रेलियन एसोसिएसन चिल्ड्रेन ट्यालेन्ट नाईट, नेपाली रिक्रियसनल क्लब लगायत दर्जनौं सामाजिक संस्था र कार्यक्रमहरुमा निरन्तर सहयोग गर्दै आएको छ ।





























प्रतिक्रिया