काठमाडौं ।
गए रातिदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबताससहित वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले अहिले देशभरका अधिकांश ठाउँमा वर्षा भइरहेको हो । केहि दिन यो क्रम जारी रहने पनि विभागले जनाएको छ ।
आज विशेषगरी प्रदेश नं. २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका धेरै जसो भागमा पानी परिरहेको छ । गए रातिदेखि परिरहे पनि आज मध्यान्हपछि भने मौसममा सुधार आउने पनि विभागले जनाएको छ ।
विभागका अनुसार बादल अहिले उत्तर पूर्वतिर सरिरहेकाले देशको पूर्वी भागमा चट्याङ, हुरीबतास र असिना पर्ने सम्भावना छ ।





























प्रतिक्रिया