काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो । आज पनि हामीले यस्तै ५ वटा समाचारहरु प्रस्तुत गरेका छौँ ।
आजका प्रमुख समाचार मध्ये नेपालमा चैत ८ गतेसम्म ६ सय १९ जनामा कोरोना भाइरसको परिक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ देखिएको छ । केही समय पहिले चीनबाट नेपाल आएका एक जनामा संक्रमण देखिएपनि उपचारपछि पूर्ण रुपमा निको भएकाले नेपालमा कसैमा पनि कोरोना भाइरसकाे संक्रमण देखिएको छैन ।
नोवेल कोरोना (कोभिड १९) भाइरसको संक्रमण रोक्न नेपाली सेनाले दक्ष जनशक्ति तयारी अवस्थामा राखेको छ । सेनाले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै उच्च सतर्कता अपनाउन स्वास्थ्यकर्मी तयारी अवस्थामा राखेको हो ।
त्यस्तै कोरोना भाइरसको अनावश्यक रुपमा त्रासमा नपर्न नेपाली कालाकारहरुले भिडियाे सन्देश जारी गरेका छन् । महानायक राजेश हमाल, कलाकार दिपकराज गिरि, नायिक रेखा थापालगायतले भिडियो सन्देश मार्फत सचेतना जारी गरेका हुन् ।
सरकारले कोरोना भाइरस संक्रमणको त्रास फैलिएको अवस्थामा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने भएको छ । कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई सरकारले तीन लाख जरिवाना सहित ५ वर्ष जेल सजाय हुने उल्लेख गरेको छ ।
त्यस्तैगरी सोमबारदेखि काठमाडौं उपत्यका बाहेक अन्य ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने भएको छ । कोरोना भाइरसको जोखिलाई मध्यनजर गर्दै सरकारले लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको हो ।





























प्रतिक्रिया