कोरोनाबारे भ्रम फैलाउने अडियो समाग्रीमा नर्भिकको खण्डन

कोरोनाबारे भ्रम फैलाउने अडियो समाग्रीमा नर्भिकको खण्डन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नावेल कोरोना (कोभिड–१९) भाइरसबारे सामाजिक सञ्जालमा भ्रम फैलाउने भाइरल अडियोबारे नर्भिक अस्पतालले खण्डन गरेको छ । अस्पतालले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो ।

नर्भिक अस्पतालका नायव महाप्रबन्धक आर पी मैनालीद्वारा जारी  गर्दै त्यसकाे खण्डन गरेका हुन् । मैनालीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ –‘आज मिति २०७६ /१२/ ०८ गते शनिबार फेसबुक लगायतका सामाजिक सञ्जालमा नर्भिकमा आठ जना कोभिड १९ का बिरामी भेटिए भन्ने शाब्दिक एवं भाषिक भ्रामक कपोकल्पित एवं झुटा समाचार प्रकाशित भएको पाउँदा नभिएक इन्टरनेशनल हस्पिटल परिवार आश्चर्य चकित भएको छ । नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल एवं संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारप्रति हामी घोर खेद प्रकट गर्दर्छौ । हालसम्म नर्भिकमा कोभिड १९ का कुनै पनि बिरामी पत्ता लागेका छैनन् यसमा हामी सवै निश्चिन्त र प्रष्ट पार्दर्छौ । यस्ता भ्रामक समाचार फैलाउने कार्य पूर्णतया सामाजिक अपराध हो, निन्दनीय हो र प्रचारक जोसुकै भएपनि उ कडा सामाजिक कारबाहीको भागिदार हुनुपर्छ पनि जोडदार माग पनि गर्दछौ ।’

त्यस्तै नर्भिकका अध्यक्ष बसन्त चौधरीले पनि शनिबार बिहान ट्वीट गर्दै यसको खण्डन गरी सकेका छन् ।

Logo