काठमाडौँको होली: अन्यत्र सुनसान, वसन्तपुरमा ठेलमठेल (फोटोफिचर/भिडियो)

काठमाडौँको होली: अन्यत्र सुनसान, वसन्तपुरमा ठेलमठेल (फोटोफिचर/भिडियो)

केन्द्रबिन्दु
0
Shares

आज रंगहरुको पर्व फागु अर्थात होली ।

चीनको वुहान प्रान्तबाट विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस अर्थात् कोभिड १९ को जोखिम बढेसँगै सरकारले समुह र भीडभाडमा फागु अर्थात् होली नखेल्न र भीडभाडमा नजान सूचना जारी गरेको छ । होली पर्व समुह र भीडमा मनाइने भएकाले कोरोना संक्रमण फैलिन सक्ने भन्दै नागरिकलाई सचेत पारेको हो ।

विगतका वर्षहरुमा समूहमा भेला भएर विविध साँस्कृतिक कार्यक्रम गरी मनाउने होली अर्थात् फागु पर्व यसवर्ष कोरोना जोखिमका कारण सामूहिक रुपमा मनाउन नहुने बताइएको छ । धेरै संख्या भएको ठाउँमा कोरोनाको उच्च जोखिम हुने भएकाले गृह मन्त्रालयले सामूहिक रुपमा होली नखेल्न आव्हान गरेको छ ।

यससँगै सरकारले औपचारिक कार्यक्रमका लागि स्वीकृति दिएको छैन । कोरोना भाइरसको त्रास र सरकारी अनुरोधका कारण यसपटक काठमाडौँको होली शान्तिपूर्ण बन्यो  । यद्यपि बसन्तपुरमा भने युवायुवतीको बाक्लो उपस्थिति थियो । सांगेतिक कार्यक्रम नभएपनि उनीहरूले एक आपसमा रङ्ग लगाइदिएर रमाइलो गरे ।

यिनै रमाइलो क्षणहरूलाई केन्द्रबिन्दुका क्यामेरा पर्सन राजेश बिकले क्यामेरामा कैद गरेका छन्  ।

 

 

 

 

Skip This
Skip This
Logo