मास्क महँगोमा बेचेको भेटिए ११३७ मा फोन गर्नू

मास्क महँगोमा बेचेको भेटिए ११३७ मा फोन गर्नू

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ ।

बजारमा मास्क नपाइने र पाइए पनि महँगो पर्ने गुनासो बढेपछि पैसा नलाग्ने फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरेका छन् ।

उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइएमा अधिकतम ३ लाखसम्म जरिबाना गराउने विभागले जनाएकाे छ  । यसैबीच चीन र भारतले कच्चा पदार्थ आपूर्ति नगर्ने निर्णय गरेकाले हुन सक्ने सम्भावित अभाव आपूर्ति कसरी गर्ने भन्ने बारेमा सरकारले बिहीबार सम्बन्धित निकायसँग छलफल गर्ने भएको छ ।

Skip This
Skip This
Logo