आज भ्यालेन्टाइन डे । यो दिनलाई प्रेम प्रस्ताव राख्ने दिनकारुपमा लिइन्छ ।
आफूले राखेको प्रस्ताव अस्वीकार भएमा तपाई के गर्नु हुन्छ ? यो कुरा व्यक्तिको स्वभावमा भर पर्छ । तर एकजना प्रहरी जवानले भने प्रेम प्रस्ताव अस्वीकार भएपछि आफैलाई गोली प्रहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी जवानले शुक्रबार बिहान आफैंलाई गोली हानेका हुन् । पेटमा गोली लगेर महोत्तरी घर भएका प्रहरी जवान चन्द्रकिशोर राय गम्भीर घाइते भएका छन् । रायले ड्यूटीमा रहकी महिला प्रहरीको राइफल खोसेर आफैंलाई गोली हानेका हुन् ।
घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।































प्रतिक्रिया