काठमाडौं । नेपाल सरकारले राना थारुलाई छुट्टै पहिचान दिएकोमा थारु कल्याणकारिणी सभाले आपत्ति जनाएको छ । आदिबासी थारुहरुलाई छुट्याएर कमजोर बनाउने र खण्डित गर्ने काम सरकारले गरेको भन्दै आपत्ति जनाएको हो ।
थारु कल्याणकारिणी सभाले प्रेस विज्ञप्तीमा भनेको छ– आदिबासी जनजातिको आुसुचिमा राना थाहरुहरुलाई सुचिकृत गर्ने सरको निर्णयप्रति हाम्रो आपत्ति छ । फुटाउ र शासन गर्ने नीति थारुहतलाई दास र कमैया बनाउने रणनीति रहेको आरोप लगाएको छ ।
साथै सरकारले गत माघ २० गते राना थारुलाई छुट्टै जात भनेर सुचिकृत गरेको निर्णय अबिलम्ब फिर्ता गर्न माग समेत गरेको छ ।
प्रतिक्रिया