कोरोना भाइरसबाट प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याइने भएको छ ।
बेइजिङमा रहेको नेपाली दूतावासले शनिबार सूचना निकालेर हुवेइमा भएका सबै नेपालीलाई नेपाल फर्काउन जहाज चार्टर भइरहेकोले तत्कालै फाराम भर्न आग्रह गरेकाे छ ।
फाराम भरेका बाहेक अन्यलाई नेपाल नपठाउने भएकाले सबैलाई फाराम भर्न दूतावासले भनेको छ । फेब्रुअरी २ तारिख अर्थात् आइतबार बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकिएको र फारम भर्नेको संख्या हेरेर जहाज चार्टर गरिने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया