बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सर्लाही ।

सर्लाहीको वाग्मतीमा शनिबार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ग १ ख ८१४० नं.को यात्रुवाहक बसले ठक्कर दिँदा वाग्मती नगरपालिका– २ धरहरा निवासी ५२ वर्षीय छोयाङ दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराइले जानकारी दिए।

नयाँरोड मधुवनी सडकखण्ड अन्तर्गत सडकमा हिँडिरहेको अवस्थामा पछाडिबाट बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
रासस

Logo