अग्‍नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न भन्दै सर्वोच्चमा रिट

अग्‍नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न भन्दै सर्वोच्चमा रिट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । समाभुखका उमेद‌्वार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।  सापकाेटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गरेका हुन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा सापकोटालाई सभामुख निर्वाचित नगर्न र तत्काल गिरफ्तार गर्नुपर्ने जिकिर गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीले उमेद‌्वार बनाएका सापकोटा सभामुखका एक्ला उमेद‌्वार हुन् ।

फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उमेदवार रहेको भन्दै सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्ने आदेश पनि माग गरिएको छ । त्यस्तै, अनुसन्धानका लागि प्रस्तुत गर्न, लामो समयसम्म सापकोटालाई गिरफ्तार नगरेको भन्दै सम्बन्धित प्रहरीहरुलाई अदालतको अवहेलनामा कारबाही गर्न पनि रिटमा माग गरिएको छ ।

काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । मुद्दाको पेसी यही माघ २२ गतेका लागि तोकिएको छ ।

Logo