काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा आज पनि बाक्लो हुस्सु लागिरहेको छ ।
काठमाडौं उपत्यकामा हिजो (सोमबार) बिहानैदेखि हुस्सु लागेको थियो भने बिहान सामान्य वर्षा भएकाे थियो । आज र भोलि पनि काठमाडौं उपत्यकामा घाम लाग्ने सम्भावना कम रहेको महाशाखाले जनाएकाे छ । आज (मंगलबार) देशभर सामान्य बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनेछ । त्यस्तै बागमती प्रदेश र प्रदेश १ को एकदुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ ।































प्रतिक्रिया