निजगढ विमानस्थल: रुख काट्ने काम शुरु नगर्न सर्वोच्चको आदेश

निजगढ विमानस्थल: रुख काट्ने काम शुरु नगर्न सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल बनाउन रुख काट्ने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश दिएको छ । । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश कुमार रेग्मीको इजलाशले आइतबार अन्तरिम आदेश जारी गरेको हो ।

साथै, सर्वोच्चले विमानस्थलको निर्माणका क्रममा हुने रुख कटानीको विषयमा विपक्षी नेपाल सरकारबाट जवाफ समेत माग गरेको हो । विमानस्थल निर्माणको क्रममा ठूलो संख्या रुख कटान गरी वन विनाश गर्न लागिएको भन्दै ९ जनाले मंसिर १७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले आइतबार अन्तरिम आदेश जारी गरेको हो । अब ‘विपक्षी’ नेपाल सरकारले जवाफ पठाएपछि मात्रै निजगढ विमानस्थल प्रकरणको मुद्दा पेशीमा चढ्नेछ ।

Skip This
Skip This
Logo