बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतलाई प्रहरीले पक्राउ गरेकाे छ ।
सवारी ज्यान मुद्धाकाे अभियाेगमा अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालले बताए ।
राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । प्रहरी प्रमुख खनालका अनुसार २०६२ साल माघ २८ गते विरगञ्जबाट पथलैया जाने क्रममा ६५ वर्षिया हसियादेवि चाैधरीले ठक्कर दिँदा मृत्यु भएकाे थियाे ।
राउतलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएकाे छ ।





























प्रतिक्रिया