ईपीएसकाे सीप परीक्षणमा ६ हजार ८ सय मात्र उतिर्ण

ईपीएसकाे सीप परीक्षणमा ६ हजार ८ सय मात्र उतिर्ण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  कोरियन भाषा परीक्षाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सीप परीक्षणकाे नतिजा प्रकाशित भएको छ ।

सन् २०१९ का लागि कोरियन भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सामेल भएकामध्ये  १२ हजार १० जनाले भाषा परीक्षा पास गरेका थिए । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये ६ हजार ७ सय ७३ जनाले मात्र सीप परीक्षा उत्तीर्ण गरेको कोरियाको मानव संशाधन केन्द्र (एचआरडी)ले जनाएको छ ।

ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रमा जान चाहने परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य पास हुनुपर्ने छ ।

सीप परीक्षणमा पास भएका परीक्षार्थी मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने ईपीएस शाखाले जनाएको छ । यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका थिए ।

Logo