पूर्वसभामुख महराको रिटमाथि आज उच्च अदालतमा सुनुवाइ

पूर्वसभामुख महराको रिटमाथि आज उच्च अदालतमा सुनुवाइ

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‌ं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबर्जस्ती करणीको प्रयासकाे अभियाेगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेशविरुद्ध उच्च अदालत पाटनमा मुद्धा दायर गरेका पूर्वसभामुख कृष्णबहादुर महराको निवेदनउपर आज सुनुवाइ हुने भएकाे हाे ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले गत १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

महराले गत मंसिर १७ गते उच्च अदालतमा निवेदन दिएका थिए । आजको सुनुवाइले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने वा बदर गर्ने भन्ने निर्णय हुनेछ ।

उच्चले जिल्ला अदालतको फैसला उल्ट्यायो भने महरा थुनामुक्त हुनेछन्। उच्चले जिल्लाकै आदेश सदर गरेमा उनी थुनामै रहनुपर्नेछ। यसैबीच जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ। सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराएको थियो।

बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो।

Logo