दैलेख ।
करेन्ट लागेर शनिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका– ४ सोतका ११ वर्षीया बालक गणेश विष्ट रहेको जिल्ला प्रहरी कार्यालाय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताउनुभयो ।
जङ्गलमा सालको रुखमा घाँस काट्न गएका बेला बिजुलीको तारले छोएपछि करेन्ट लागेको र बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट मृत्यु
तनहुँको भानु नगरपालिका–८ बलीफाँटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ राइनास नगरपालिका–५ का ५२ वर्षीय राजकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्थानीय कल्याणी मिश्रलाई हातपात गर्न खोजेपछि प्रतिरक्षामा मिश्रले कुमाललाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका कुमाललाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएपनि स्वास्थ्यकर्मीले उनको मृत्यु भएको बताएका थिए ।
पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले भानु नगरपालिका–८ का कल्याणी मिश्रलाई पक्राउ गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।





























प्रतिक्रिया