दुई जनाकाे शव भेटियो

दुई जनाकाे शव भेटियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  शनिबार देशकाे छुट्टाछुट्टै स्थानमा दुई जनाकाे शव भेटिएकाे छ ।

काठमाडौंको चोभारमा एक जनाकाे शव फेला परेको छ। झाडीभित्र शनिबार फेला परेको शवको पहिचान खुल्न बाँकी रहेको महानगरीय प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले बताए।  करिब ६० वर्ष उमेरको पुरूषको शव फेला परेको हो।

त्यस्तै जाजरकोटको शिवालय गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन् । शिवालय गाउँपालिका–३ शिवालयका ३० वर्षीय मानबहादुर बुढा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्रीका अनुसार बुढाकाे हत्या वा लडेर मृत्यु भएको हाे भनेर अनुसन्धान जारी छ ।

Logo