अवैध रकमसहित दुई जना पक्राउ

अवैध रकमसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज, २०७६ मंसिर २६ ।

नेपालगञ्जमा अवैध नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका-२ घरबारीटोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन् । उनीहरु बाबु छोरा हुन् ।

गस्तीमा रहेको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुका साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिनुभयो ।

यसैगरी, प्रहरीले बर्दियामा बेवारिसे अवस्थामा रहेका एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका—१२ भवानी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको हो ।

Skip This
Skip This
Logo