हात्तीको आक्रमणबाट २ जनाको मृत्यु, ४ जना घाइते

हात्तीको आक्रमणबाट २ जनाको मृत्यु, ४ जना घाइते

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर, २०७६ मंसिर २५ ।  कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट  २ जनाको मृत्यु भएको छ । बुधबार बिहान घाँसदाउरामा भएका स्थानीयहरूलाइृ हात्तीले आक्रमण गर्दा अन्य ४ जना घाइते भएका छन् । घाइते मध्ये  २ जनाकाे अवस्था गम्भिर रहेकाे जिल्ला प‌्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेन्द्र चन्दले बताए ।

महाकाली नगरपालिका–२ मायापुरी जंगलमा हात्तीले आक्रमण गर्दा स्थानीय ५० वर्षीया भुरी बोहोरा र ३८ वर्षीया बसन्ती भट्टको मृत्यु भएको डिएसपी चन्दले जानकारी दिए ।

उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै दुवै जनाको मृत्यु भएको हाे भने । हात्तीको आक्रमणबाट स्थानीय ३५ वर्षीया ललिता बोहरा, ३४ वर्षीया सुनिता विष्ट, ३२ वर्षीया उमा साउद र २४ वर्षीया सरिता ओझा घाइते भएको उनले बताए ।

घाइते सबै जनालाई उपचारका लागि भारतको खटिमा पठाइएको र २ जनाकाे अवस्था गम्भिर रहेकाे प्रहरीले जनाएकाे छ ।

Skip This
Skip This
Logo