पर्सा, २०७६ मंसिर २४ । पर्साकाे वीरगञ्ज महानगरपालिका- १२, नयाँ टोलमा आमा छोरीको शव फेला परेकाे छ । स्थानीय मोहन झाको घरमा डेरामा बस्दै आएका आमाछोरीको शव साेमबार साँझ सडेको अवस्थामा फेला परेको हाे ।
टोलमा दुर्गन्ध फैलिएपछि घरपट्टिले प्रहरीलाई खबर गरेकाे थियो । प्रहरीकाे टोलीले ताला फुटाएर हेर्दा अन्दाजि २२ वर्ष र अन्दाजि २ वर्षकी आमा छोरीको शव सडेको अवस्थामा फेला परेको थियो ।
प्रहरीले मुचुल्का उठाएर पोष्टमार्टमका लागि शव नारायणी अस्पतालमा पठाएको छ । प्रहरीका अनुसार मृतकका श्रीमान् पवन साह फरार रहेकोले उनको खोजी र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।































प्रतिक्रिया